ne_gl_ne_obs-tn/content/26/03.md

2.7 KiB

येशूले पढ्नुभयो, “परमेश्‍वरले मलाई उहाँको आत्मा दिनुभएको छ ताकि म गरिबहरुलाई सुसमाचार घोषणा गर्न सकुँ। उहाँले मलाई कैदिहरुलाई स्‍तन्‍त्र पार्न, अन्‍धाहरुलाई फेरि देख्‍ने बनाउन र  सतावटमा परेकालाई मुक्त गर्न पठाउनु भएको हो। त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्‍नुभयो कि परमेश्‍वरले उहाँलाई उहाँको आत्मा दिनुभएको थियो ताकि उहाँले गरिबहरूलाई सुसमाचार घोषणा गर्न सक्नुभएको होस् । उहाँले कैदीहरूलाई स्वतन्‍त्र पार्न, अन्धा मानिसहरूलाई फेरि देख्‍ने बनाउन, अरूहरूले थिचोमिचो गरिरहेकाहरूलाई स्वतन्‍त्र पार्न उहाँलाई पठाउनुभएको छ । यो त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

गरिबहरूलाई सुसमाचार घोषणा गर्न

अर्थात, “गरिब र खाँचोमा परेका मानिसहरूलाई परमेश्‍वरले तिनीहरूलाई सहायता गर्नुहुनेछ भनेर असल सन्देश बताउन ।”

कैदीहरूलाई स्वतन्‍त्र पार्न

अर्थात, “तिनीहरू छाडिनेछन् भनेर ती मानिसहरूलाई भन्‍न जो अन्यायपूर्वक झ्यालाखानामा छन् ।”