ne_gl_ne_obs-tn/content/12/06.md

1.7 KiB

त्यसपछि परमेश्‍वर हिँड्नुभयो

संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू अगाडि बढ्नुपर्छ भन्‍ने परमेश्‍वरका निर्देशनहरूलाई परमेश्‍वरले बादलको खम्बालाई तिनीहरूको पछाडि सार्नुभएको कुरासँग जोड्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

बादलको खम्बा

तपाईंले यस पदावलीलाई १२:०२ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

त्यसैकारण मिश्रीहरूले देख्‍न सकेनन्

संयोजक शब्द “त्यसकारण”ले मिश्रीहरूले देख्‍न नसकिरहनुको प्रभावलाई त्यसको कारकसँग जोड्छ, जुन थियो-परमेश्‍वरले तिनीहरू र इस्राएलीहरूको बीचमा गर्नुभएको बादलको चलखेल । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

देख्‍न सकेनन्

बादलको खम्बा यति ठूलो र बाक्लो थियो कि मिश्रीहरूले कुनै पनि इस्राएलीलाई देख्‍न छाडे ।