ne_gl_ne_obs-tn/content/05/04.md

3.5 KiB

साधरण टिप्पणी

परमेश्‍वर अब्रामसँग बोल्न जारी राख्‍नुहुन्छ ।

“तेरो पत्‍नी, साराईले, एउटा छोरो पाउनेछे-ऊ प्रतिज्ञाको छोरा हुनेछ। उसको नाम इसहाक राख्‍नु। म ऊँसगँ मेरो करार बाध्‍ने छु र ऊँ एउटा ठुलो जाति बन्‍ने छ। म इसमाएललाई पनि एउटा ठुलो जाति बनाउने छु तर मेरो करार इसहाकसँग हुनेछ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उनकी पत्‍नी, साराईले, एउटा छोरो पाउने थिइन्-ऊ प्रतिज्ञाको छोरा हुनेछ । उनले उसको नाम इसहाकक राख्‍ने थिए । परमेश्‍वरले उहाँको करार इसहाकसँग राख्‍नुहुने थियो, र उनी एउटा महान् जाति बन्‍नेछन् । परमेश्‍वरले इश्‍माएललाई पनि एउटा महान् जाति बनाउनुहुने थियो, तर उहाँको करार इसहाकसँग नै हुने थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

प्रतिज्ञाको छोरा

परमेश्‍वरले साराई र अब्रामलाई प्रतिज्ञा गर्नुभएको छोरा इसहाकक हुने थिए । उनी नै ती छोरा पनि हुने थिए जसलाई परमेश्‍वरले अब्रामलाई धेरै सन्तानरू दिन प्रयोग गर्नुहुने थियो ।

म मेरो करार त्यससँग बनाउनेछु

यो परमेश्‍वरले अब्रामसँग बनाउनुभएको करार नै हुने थियो ।

धेरैका पिता

जसरी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो, अब्राहाम ती धेरै मानिसहरूका पूर्वज हुने थिए जोहरू पनि पछि धेरै जातिहरू बन्‍ने थिए ।

राजकुमारी

राजकुमारी भनेको कुनै राजाको छोरी हो । साराई र सारा नामहरू दुवैले “राजकुमारी”को अर्थ दिएको देखिन्थ्यो । तर तिनी धेरै जातिहरूकी आमा हुने थिइन्, र तिनका केही सन्तानहरू राजाहरू हुनेथिए भनेर सङ्‌केत दिनलाई परमेश्‍वरले तिनको नाम बदलिदिनुभयो ।