ne_gl_ne_obs-tn/content/05/03.md

2.7 KiB

परमेश्‍वरले अब्रामलाई यसो पनि भन्‍नुभयो, “तँ धेरै जातिहरूको पिता हुनेछस्। म तेरा र तेरो सन्‍तानलाई कनानको भुमि तिनिहरुको स्‍वामित्‍वमा सदाको लागि दिनेछु। तैँले तेरो परिवारको सबै पुरुषहरूको खतना गर्नुपर्छ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले अब्रामलाई यसो पनि भन्‍नुभयो कि अब्राम धेरै जातिहरूका पिता हुनेथिए । परमेश्‍वरले उनी र उनका सन्तानहरूलाई कनानको भूमि तिनीहरूको सम्पत्तिको रूपमा दिनुहुने थियो र सधैँ तिनीहरूको परमेश्‍वर हुनुहुने थियो । अब्रामले उनको परिवारको हेरक पुरुषको खतना गर्नुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

धेरै जातिहरूको पिता

अब्रामको धेरै सन्तानहरू हुनेथिए, र तिनीहरूको आफ्नै जमिनहरू हुनेथियो र तिनीहरू आफैँ राज गर्ने थिए । तिनीहरू र अरूहरूले अब्राम तिनीहरूका पूर्वज थिए भनेर सम्झने थिए र उनलाई सम्मान गर्ने थिए ।

म तिनीहरूको परमेश्‍वर हुनेछु

यसलाई बताउने अर्को तरिका हो, “म तिनीहरूले आराधना गर्ने परमेश्‍वर हुनेछु ।”

तेरो परिवारको हरेक पुरुष

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तेरो परिवारको हरेक केटा र छोरा मानिस ।” यसले अब्रामको सेवकहरू र उनका सन्तानहरूलाई समेट्छ ।