ne_gl_ne_obs-tn/content/04/04.md

5.5 KiB

सयौँ वर्ष पछि

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “बाबेलमा विभिन्‍न भाषा-समूहमा मानिसहरू विभाजित भएको धेरै पुस्ताहरू पछि ।” वा, “त्यसो भएको लामो समय पछि ।”

परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो देश र तेरो घर-घरानालाई छोडेर मैले तँलाई देखाएको देशमा जा। म तँलाई आशिष दिनेछु र एउटा महान् जाति बनाउनेछु। म तेरो नाउँलाई महान गराउनेछ। तँलाई आशिष दिनेलाई आशिष दिनेछु र तँलाई सराप दिनेलाई सराप दिनेछु। पृथ्वीमा भएका सबै परिवारहरू तेरो कारणले आशिषित् हुनेछन् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले उनलाई उनको देश र घर-घरानालाई छोड्न भन्‍नुभयो र उहाँले देखाउनुहुने देशमा जान भन्‍नुभयो । परमेश्‍वरले उनलाई आशिष् दिनुहुने थियो र उनलाई एउटा महान् जाति बनाउनुहने थियो । उहाँले उनको नाउँलाई महान् बनाउनुहुने थियो । उहाँले अब्रामलाई आशिष् दिनेहरूलाई आशिष् दिनुहुने थियो र उनलाई श्राप दिनेहरूलाई श्राप दिनुहुने थियो । पृथ्वीमा भएका सबै परिवारहरू तेरो कारणले आशिषित् हुनेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तेरो देश छोड्

यसले अब्राम जन्मेको र हुर्केको क्षेत्रलाई(मध्य एसियामा भएको “उर” भनिने एउटा क्षेत्र) जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मातृभूमि” वा, “जन्मथलो” वा यी जस्तै समान अर्थ बोक्‍ने अरू केही ।

र घर-घराना

परमेश्‍वरले अब्रामलाई लगभग उनका सबै नातेदारहरूलाई छोडेर आउन बोलाउँदै हुनुहुन्थ्यो । तर, परमेश्‍वरले उनलाई ती मानिसहरूलाई छोड्न भनिरहनु भएको थिएन जसका लागि उनी जिम्मेवार थिए, जसमा उनकी पत्‍नी पनि पर्थिन् ।

तँलाई एउटा महान् जाति बनाउनेछु

यहाँ “महान् जाति” एउटा प्रतिस्थापकीय शब्द हो जसको अर्थ परमेश्‍वरले अब्रामलाई धेरै सन्तानहरू पाउने तुल्याउनुहुने थियो, र तिनीहरू एउटा ठूलो र महत्त्वपूर्ण जाति वा देश हुने थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेरो नाउँलाई महान् बनाउनेछु

यसको अर्थ हो कि अब्रामको नाउँ र परिवार सारा संसारभर सुप्रसिद्ध हुने थियो र मानिसहरूले तिनीहरूका बारेमा असल सोच्‍ने थिए ।

पृथ्वीमा भएका सबै परिवारहरू तेरो कारणले आशिषित् हुनेछन्

यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छः “पृथ्वीमा भएका सबै परिवारहरूलाई म तेरो कारणले आशिष् दिनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पृथ्वीमा भएका सबै परिवारहरू

अब्रामको परमेश्‍वरलाई पछ्याउने निर्णयले उनको आफ्नै परिवार मात्र लाभान्वित हुने थिएन, तर पृथ्वीमा भएका सबै मानव-समूहबाटका परिवारहरू पनि लाभान्वित हुने थिए ।