ne_gl_ne_obs-tn/content/04/03.md

2.1 KiB

तिनीहरूको भाषा परिवर्तन गरिदिनुभयो

एकै पलमा, परमेश्‍वरले अचम्‍म तरिकाले तिनीहरूलाई बोल्नको लागि विभिन्‍न भाषाहरू दिनुभयो ताकि एक्‍कासी तिनीहरूले अब एक-अर्कालाई बुझ्‍न सकेनन् ।

थुप्रै विभिन्‍न भाषाहरू

एउटै भाषा बोल्ने मानिसहरूको एउटा ठूलो समूहको साटोमा, त्यहाँ अब मानिसहरूको धेरै साना-साना समूहहरू थिए जसले आ-आफ्नै छुट्टै भाषा बोल्थ्यो ।

मानिसहरूलाई फिँजाइदिनुभयो

जब परमेश्‍वरले तिनीहरूको भाषा परिवर्तन गरिदिनुभयो, उहाँले मानिसहरूका यी समूहहरूलाई पृथ्वीमा छरिँदै जाने तुल्याउनुभयो र हरेक समूह त्यसको आफ्नै क्षेत्रमा सर्‍यो ।

बाबेल

यो सहर मध्यपूर्वको वरिपरि कतै थियो भन्‍ने भन्दा हामीलाई यस सहरको स्थान ठ्याक्कै थाहा छैन ।

अलमलिएको

यसले मानिसहरू किन अलमलिएका थिए भनेर जनाउँछ वा, “मिसमास भएका थिए” भनेर जनाउँछ जब परमेश्‍वरले तिनीहरूको भाषा परिवर्तन गरिदिनुभएपछि तिनीहरूले फेरि एक-अर्कालाई बुझ्‍न सकेनन् ।