ne_gl_ne_obs-tn/content/03/13.md

2.6 KiB

दुई महिना पछि

यसको मतलब नोआले ढुकुरलाई जहाजबाट छोडिदिएको दुई महिना पछि हो । यदि यो स्पष्‍ट छैन भने यसलाई प्रस्टसँग बताउन जरुरी हुन सक्छ ।

परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “तँ र तेरो परिवार र सबै जन्तुहरू अब डुङ्‍गालाई छोड्न सक्छन्। धेरै सन्तानहरू र दरसन्तानहरू पाओ र पृथ्वीलाई भर ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले नोआलाई उनी र उनको परिवार र सबै जन्तुहरूले डुङ्‍गालाई छोड्न सक्छन् भन्‍नुभयो र त्यसपछि धेरै सन्तानहरू र दरसन्तानहरू पाउन र पृथ्वीलाई भर्न भन्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

धेरै सन्तानहरू पाओ

यो परमेश्‍वरको आज्ञा अनि इच्‍छा थियो भनेर स्पष्‍ट छ भनी पक्‍का गर्नलाई, तपाईंले भन्‍न सक्नुहुन्थ्यो, “तिमीहरूले धेरै सन्तानहरू पाउनुपर्छ” वा, “म तिमीहरूले धेरै सन्तानहरू पाएको चाहन्छु ।”

पृथ्वीलाई भर

यदि यो स्‍पष्‍ट छैन भने, तपाईंले यसो भन्‍नु जरुरी हुनसक्छ, “अनि पृथ्वीलाई मानिसहरूले भर” वा, “ताकि त्यहाँ धेरै मानिसहरू पृथ्वीमा भएका होऊन् ।”

बाहिर आए

केही भाषाहरूले त्यसको सट्टामा “बाहिर आए” भन्‍नेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)