ne_gl_ne_obs-tn/content/02/03.md

3.8 KiB

स्‍त्रीले जवाफ दिई, “परमेश्‍वरले हामीलाई हामीले कुनै पनि रूखको फल खान सक्छौँ भन्‍नुभयो केवल त्यो असल र खराबको ज्ञान दिने रुखको फल नखानु भन्‍नु भएको छ।  परमेश्‍वरले हामीहरू भन्‍नु भएको छ, "यदि तिमिहरुले त्‍यो रुखको फल खायौ वा छोयौ भने मात्र पनि, तिमिहरु मर्नेछौ ।’”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभएको थियो भनेर स्‍त्रीले जवाफ दिइन् कि तिनीहरूले कुनै पनि रूखको फल खान सक्थे, केवल असल र खराबको ज्ञान दिने रूखबाट खानहुने थिएन, र यदि तिनीहरूले त्यो फल खाए वा त्यसलाई छोए मात्र भने, तिनीहरू मर्नेथिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

यदि तिमिहरुले त्‍यो रुखको फल खायौ वा छोयौ भने मात्र पनि, तिमिहरु मर्नेछौ ।

यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्‍वरले यो आज्ञा मानिस र स्‍त्री दुवैलाई दिनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

फल

यो कस्तो किसिमको फल थियो भनी हामी जान्दैनौँ । हामी केवल यति जान्दछौँ कि त्यो यो रूखमा फल्थ्यो । यदि सम्भव हुन्छ भने यहाँ फलको लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ, र कुनै खास किसिमको फलको लागि प्रयोग हुने शब्द होइन ।

असल र खराबको ज्ञान दिने रूख

स्‍त्रीले ठीकसँग बुझिन् कि तिनीहरूलाई यस एउटा रूखबाट खान अनुमति थिएन जसले तिनीहरूलाई खराब र असल बुझ्‍न सक्षम बनाउने थियो ।

तिमीहरू मर्नेछौ

मृत्यु, वा कुनै व्यक्तिको भौतिक जीवन सकिने कुराको लागि, तपाईंको साधारण शब्द प्रयोग गर्नुहोस् । मृत्युको कल्पना निकै कठोर सुनिन्छ जस्तो लागेर मात्रै त्यो शब्दलाई नपन्साउनुहोस् ।