ne_gl_ne_obs-tn/content/02/02.md

3.2 KiB

एउटा सर्प

एउटा लाम्चो, खुट्टा नभएको जमिनमा बस्‍ने प्राणी जुन अहिले आफ्नो पेटमा घस्रेर हिँड्छ । हुन त पछि कथामा सर्प शैतान हो भनेर खुलाइन्छ, यस परिपेक्षमा यहाँ यो भनिनु हुन्‍न ।

धूर्त

छक्क्याउने मनसायको साथ, चलाख र छट्टु ।

उसले स्‍त्रीलाई सोध्यो, “के परमेश्‍वरले तिमीहरूलाई साँच्चै बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल नखानू भन्‍नुभयो ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उसले स्‍त्रीलाई परमेश्‍वरले तिनीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल साँच्चै नखानू भन्‍नुभएको थियो कि भनेर सोध्यो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

यो आलङ्‍कारिक प्रश्‍न हो । सर्पले स्‍त्रीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट नखानू भनी परमेश्‍वरले वास्तवमै भन्‍नुभयो कि भनेर सोध्यो । तर ऊ केवल ढोङ्ग गरिरहेको थियो कि परमेश्‍वरले भन्‍नुभएको कुरा उसलाई थाहा थिएन किनभने ऊ स्‍त्रीको मनमा शङ्‍का सिर्जना गर्न चाहन्थ्यो । ऊ तिनले परमेश्‍वरको भलाइलाई प्रश्‍न सोधेको चाहन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू

यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्‍वरले यो आज्ञा मानिस र स्‍त्री दुवैलाई दिनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

कुनैपनि रूखहरूबाटको फल

बगैँचामा भएका हरेक विभिन्‍न रूखहरूबाटको सबै प्रकारका फलहरू ।