ne_gl_ne_obs-tn/content/50/03.md

1.7 KiB

चेलाहरू बनाओ

यसको अर्थ हुन्छ, “मानिसहरूलाई मेरा चेलाहरू बन्‍नलाई सहायता गर ।”

खेतका बालीहरू कटनी गर्नको लागि पाकिसकेका छन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “खेतको बालीहरू कटनीको लागि पाके झैँ तिनीहरू परमेश्‍वरको अगाडि ल्याइन तयार छन्” वा, “तिनीहरू त्यो खेत जसरी जम्मा गरिन र परमेश्‍वरको अगाडि ल्याइन तयार छन् जसका बालीहरू पाकेका छन् र जम्मा पारिनको लागि तयार छन् ।”

खेतहरू

यो अभिव्यक्तिमा, “खेतहरू”ले संसारका मानिसहरूलाई प्रतिनिधित्व गर्छ ।

पाकेको

“पाकेको”ले यहाँ येशूमा विश्‍वास गर्नको लागि तयार हुनुलाई प्रतिनिधित्व गर्छ ।

कटनी

“कटनी”ले यहाँ मानिसहरूलाई येशूको बारेमा सिकाएर तिनीहरूलाई परमेश्‍वरकहाँ ल्याउने कामलाई प्रतिनिधित्व गर्छ ।