ne_gl_ne_obs-tn/content/38/09.md

1.6 KiB

तपाईंलाई त्याग्‍नु

तपाईंले यसलाई ३८:०८ मा कसरी अनुवाद गर्नुभयो, सो थाहा गर्नलाई हेर्नुहोस् ।

तिमीहरू सबैलाई पाउनलाई

अर्थात, “तिमीलाई पूर्ण रूपले नियन्‍त्रण गर्नलाई” वा, “तिमीलाई पूर्ण रूपले त्यसको सेवा गर्ने बनाउनलाई ।” यो पदावलीमा भएको “तिमीहरू” शब्द बहुवचन हो । त्यसपछि आउने सबै “तिमी” र “तिम्रो” शब्दहरू एकवचन हुन् ।

कि तिम्रो विश्‍वास नचुकोस्

अर्थात, “कि तिमीले ममा विश्‍वास गर्न नछोड ।”

भाले बास्‍न अगाडि

भालेहरूले सामान्यतया नयाँ दिनको सुरुको मिरमिरे उज्यालोमा बास्छन् । यदि त्यो प्रस्ट छैन भने, यसो भन्‍न सहयोगी हुन सक्छ, “भोलि झिसमिसे उज्यालोमा भाले बास्‍न अगाडि” वा, “भोलि बिहान भाले बास्‍न अगाडि ।”