ne_gl_ne_obs-tn/content/28/10.md

4.1 KiB

येशूले भन्‍नुभयो, “हरेक जसले घरहरू छोडेको छ ... धेरै जो पछिल्ला छन् पहिला हुनेछन् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले भन्‍नुभयो कि सबै जसले घरहरू, दाजुभाईहरू, दिदीबहिनीहरू, बाबु, आमा, छोराछोरी, वा सम्पत्तिलाई छोडेका छन्, तिनीहरूले १०० गुणा बढि पाउनेछन् र अनन्त जीवन पनि पाउनेछन् । तर धेरै जो पहिला छन् ती पछिल्ला हुनेछन्, र धेरै जो पछिल्ला छन् ती पहिला हुनेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

छोडेको छ

अर्थात, “पछाडि छोडेको छ” वा, “त्यागेको छ” वा, “परमेश्‍वर भन्दा कम महत्त्वको ठानेको छ ।”

मेरो खातिर

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मेरो कारणले” वा, “मेरो निम्ति ।”

१०० गुणा बढि

अर्थात, “उससँग भएको भन्दा ज्यादै बढि ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

धेरै जो पहिला छन् ती पछिल्ला हुनेछन्, र धेरै जो पछिल्ला छन् ती पहिला हुनेछन्

यहाँ “पहिला” र “पछिल्ला”ले मानिसहरूको स्तर र महत्त्वलाई जनाउँछ । येशूले मानिसहरूको अहिलेको स्तर र तिनीहरूको परमेश्‍वरको राज्यमा हुने स्तरको बीचमा भएको भिन्‍नतालाई देखाइरहनुभएको छ । वैकल्पिक अनुवादः “तर धैरै जो अहिले महत्त्वपूर्ण देखिन्छन् ती कम महत्त्वपूर्ण हुनेछन्, र धेरै जो अहिले महत्त्वहीन देखिन्छन् ती धेरै महत्त्वपूर्ण हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

धेरै जो पहिला छन् ती पछिल्ला हुनेछन्

अर्थात, “धेरै मानिसहरू जो अहिले महत्त्वपूर्ण छन्, त्यतिखेर महत्त्वपूर्ण हुनेछैनन् ।”

धेरै जो पछिल्ला छन् ती पहिला हुनेछन्

अर्थात, “धेरै मानिसहरू जसलाई पृथ्वीमा धेरै महत्त्वपूर्ण ठानिँदैन तिनीहरूलाई स्वर्गमा धेरै महत्त्वपूर्ण ठानिनेछ” वा, “धेरै मानिसहरू जसलाई अहिले कम मान्यताको ठानिन्छ तिनीहरूलाई स्वर्गमा उच्‍च मान्यता दिइनेछ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।