ne_gl_ne_obs-tn/content/27/03.md

1.7 KiB

व्यवस्थाका विज्ञ

अर्थात, “यहूदी व्यवस्थामा विज्ञ भएको व्यक्ति ।” यो शब्दलाई तपाईंले २७:०१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

उनले येशूलाई सोधे, “ठीक छ त्यसोभए, मेरो छिमेकी को हो ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उनले येशूलाई उनका छिमेकी को थिए भनेर सोधे ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मेरो छिमेकी को हो ?

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले ‘छिमेकी’ भनेर के भन्‍न खोज्‍नुभएको ?” वा, “कुन मानिसहरू मेरा छिमेकीहरू हुन् ?” उनी जान्दथे कि उनी सबै मानिसहरूलाई प्रेम गर्दैनथे, र त्यसैले कुन मानिसहरूलाई उनले प्रेम गर्नुपर्थ्यो भनेर सोधिरहेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)