ne_gl_ne_obs-tn/content/25/07.md

3.2 KiB

येशूले जवाफ दिनुभयो, “मबाट दूर हट्, शैतान ! ... उहाँलाई मात्र परमेश्‍वर भनेर सम्मान गर् ।’”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले शैतानलाई उहाँबाट दूर हट्नलाई भन्‍नुभयो ! परमेश्‍वरको वचनमा उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्‍वरलाई मात्र उपासना गर् । उहाँलाई मात्र परमेश्‍वर भनेर सम्मान गर् ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

येशूले जवाफ दिनुभयो, “मबाट दूर हट्, ... ।’”

येशूले शैतानले भनेको कुरा गर्न मान्‍नुभएन । यसलाई प्रस्‍टसँग बताउन सकिन्छः “तर येशूले शैतानलाई भन्‍नुभयो, ‘हुँदैन, म त्यसो गर्नेछैन । मबाट दूर हट्, ... ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मबाट दूर हट्

यो खटनलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मलाई छोड्” वा, “मलाई एक्लै छोड् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

‘परमप्रभु तेरा परमेश्‍वरलाई मात्र उपासना गर् । उहाँलाई मात्र परमेश्‍वर भनेर सम्मान गर् ।’

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “ ... परमप्रभु तिनीहरूका परमेश्‍वरलाई मात्र उपासना गर्न र उहाँलाई मात्र परमेश्‍वर भनेर सम्मान गर्न उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुहुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotesinquotes)

परमप्रभु तेरा परमेश्‍वर

यो पदावलीलाई त्यसरी नै अनुवाद गर्नुहोस् जसरी तपाईंले २५:०५ गर्नुभएको थियो ।