ne_gl_ne_obs-tn/content/19/05.md

2.7 KiB

तँ यहाँ पो छस्, तँ समस्या निकाल्ने !

यो कडा भनाई हो जसले आहाब एलियासँग धेरै रिसाएका थिए भनेर व्यक्त गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

तँ समस्या निकाल्ने

यसको अर्थ हुन्छ, “तँ समस्या निकाल्ने व्यक्ति होस् !” एलियाले राजालाई गलत गरिरहेका थिए भनेर र पानी पर्न रोकिदिएर समस्या बनाइरहेका थिए भनेर आहाबले उनलाई आरोप लगाइरहेका थिए ।

त्यो तपाईं हुनुहुन्छ जसले समस्या निकाल्नुहुन्छ !

यो कडा भनाई हो जुन एलियाले आहाबलाई हप्काउन प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

तपाईंले यहवेलाई त्याग्‍नुभएको छ

अर्थात, आहाबले मानिसहरूलाई यहवेको आराधना र आज्ञापालन गर्न छोड्नलाई डोहोर्‍याएका थिए ।

अब तपाईंले इस्राएल राज्यका सारा मानिसहरूलाई कर्मेल डाँडामा ल्याउनुपर्नेछ ।

यो एलियाले परमेश्‍वरको अगमवक्ताको रूपमा भएको उनको अधिकारद्वारा उनले आहाबलाई दिएको आज्ञा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

इस्राएल राज्यका सबै मानिसहरू

यो उत्तरी राज्यको दश कुलहरूका अगुवाहरू र मानिसहरूलाई जनाउने सामान्यकरण हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

कर्मेल डाँडा

कर्मेल डाँडा उत्तरी इस्राएलमा अवस्थित एउटा डाँडाको नाम हो । यो ५०० मिटर भन्दा बढि अग्लो छ ।