3.0 KiB
बलि चढाउने ठाउँमा गए
परमेश्वरले अब्राहामलाई एउटा विशेष अग्लो पहाडमा इसहाकलाई बलि चढाउन भन्नुभएको थियो, जुन उनीहरू बसेको ठाउँबाट तीन दिनको यात्रामा थियो ।
इसहाकले सोधे, “बुबा, हामीसँग बलिको लागि दाउराहरू त छन्, तर थुमा कहाँ छ ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “इसहाकले आफ्नो बाबुलाई भने कि तिनीहरूसँग बलिको लागि दाउराहरू थिए, तर थुमा कहाँ थियो भनेर उनलाई थाहा थिएन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)
बलिको लागि दाउराहरू
बलि चढाउनको लागि, सामान्यतया थुमालाई मारिन्थ्यो र दाउराहरूको माथि राखिन्थ्यो ताकि दाउराहरू र थुमालाई आगोले बाल्न सकियोस् ।
थुमा
सामान्यतया एउटा कलिलो भेडा वा बाख्रा बलिदानको पशु हुन्थ्यो ।
अब्राहामले जवाफ दिए, “मेरो छोरा, परमेश्वरले नै बलिको लागि थुमा जुटाइदिनुहुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “अब्राहामले उनको छोरालाई जवाफ दिए कि परमेश्वरले नै बलिको लागि थुमा जुटाइदिनुहुने थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)
थुमा जुटाइदिनुहुनेछ
हुन त परमेश्वरले बलिदानको लागि इसहाकको ठाउँमा भेडा जुटाइदिनुभएर अब्राहामको वचनहरू पूरा गरिदिनुभयो, तर अब्राहामले परमेश्वरले जुटाइदिनुभएको “थुमा” इसहाक थिए भनेर विश्वास गरेका हुन सक्छन् ।