ne_gl_ne_obs-tn/content/17/05.md

2.7 KiB

केही समय पछि

कथा शाऊल राजा हुनेबाट दाऊद राजा हुनेतर्फ अगाडि बढ्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

उनलाई सफल बनाउनुभयो

अर्थात, “उनले गर्न चाहेका असल थोकहरू सम्पन्‍न गर्न उनलाई सहयता गर्नुभयो ।”

र परमेश्‍वरले उनलाई ... लाई परास्त गर्न सहायता गर्नुभयो

संयोजक शब्द “र”ले साधारण संयोजनको काम भन्दा बढि गरिरहेछ । यसले सङ्‌केत गर्छ कि दाऊदमाथिको परमेश्‍वरको आशिष्‌ले उनको सैन्य कोसिसहरूलाई पनि समेटेको छ । दाऊदले उनी महान सिपाही भएतापनि, त्यसको कारणले थुप्रै लडाईँहरू जितेका होइनन्, तर परमेश्‍वरले उनलाई इस्राएलका शत्रुहरूलाई हराउन सहायता गर्नुभएको कारणले हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनको राजधानी सहर

अर्थात, “उनको राज्यको राजधानी सहर ।” दाऊद यरूशलेममा बस्थे र त्यहाँबाट शासन गर्थे । सारा सहरै दाऊदको त थिएन, तर किनकि दाऊद सर्वोच्‍च सरकारी अगुवा थिए र किनकि दाऊदले यरूशलेमलाई कब्जा गरेर त्यसलाई आफ्नो राजधानी बनाएका थिए, यसलाई धेरैचोटि उनको भनेर वर्णन गरिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)

राजधानी सहर

यो इस्राएल देशको लागि सरकारको केन्द्र थियो, इस्राएलका अरू सबै सहरहरूमाथि यसको प्राथमिक श्रेणी थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)