ne_gl_ne_obs-tn/content/17/10.md

2.2 KiB

एक दिन दाऊद

हामीसँग दाऊदले परमेश्‍वरको आज्ञापालन गरेको धेरै कथाहरू छन् तर अब जब दाऊदले पाप गरे भन्‍ने नयाँ कथाको परिचय हुँदैछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

एक दिन

यो पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समयलाई तोकेर भन्दैन । धेरै भाषाहरूको यस्तै कुनै किसिमले सत्य कथालाई बताउने तरिका हुन्छ ।

देखे

बतशेबा आफ्नै घरमा नुहाइरहेकी हुन सक्छ, तर दाऊदको दरबार धेरै अग्लो थियो र उनले पर्खाल पछाडि देख्‍न सक्षम भए जुन उनको दरबार देखि होचा ठाउँमा थिए ।

एकजना सुन्दर स्‍त्री ... उनको नाम बतशेबा थियो

यसले बतशेबालाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

नुहाइरहेकी

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “स्‍नान लिइरहेकी” वा, “आफैँलाई सफा गरिरहेकी ।”

तर उनले पत्ता लगाए

संयोजक शब्द “तर”ले दाऊदले त्यस स्‍त्रीलाई नचिनिरहेका कुरा र उनले तिनी को थिइन् भनेर पत्ता लगाएका कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)