ne_gl_ne_obs-tn/content/48/01.md

1.6 KiB

परमेश्‍वरले संसारलाई बनाउनुभयो

अर्थात, “परमेश्‍वरले संसारलाई शून्यताबाट बनाउनुभयो ।”

सिद्ध

अर्थात, परमेश्‍वरले त्यसको लागि चाहना गर्नुभएको सबैकुराहरू पूरा गर्नको निमित्त “जसरी हुनुपर्ने हो त्यसरी नै ठ्याक्‍कै” थियो ।

त्यहाँ कुनै पाप थिएन

केही भाषाहरूको लागि “पाप”लाई कुनै थोकको रूपमा व्यक्त गर्न सम्भव छैन, बरु त्यो त एउटा क्रिया हुन्छ । त्यस्तो अवस्थाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कसैले कहिल्यै पाप गरेन” वा, “मानिसहरूले पाप गरेनन्” वा, “कुनै त्यस्तो दुष्‍टता भएको थिएन ।”

त्यहाँ कुनै बिरामी वा मृत्यु थिएन

अर्थात, “कोही बिरामी भएन र कोही मरेन” वा, “तिनीहरू बिरामी भएनन् वा मरेनन् ।”