ne_gl_ne_obs-tn/content/47/11.md

2.1 KiB

उद्धार पाउन मैले के गर्नु पर्छ?

यो प्रश्‍नले परमेश्‍वर जसले भुकम्‍प ल्‍याउनु भयो, उहाँको दण्‍डबाट  उद्धार पाएको बारेमा बताउँदछ। यसलाई सक्रियरुपमा पनि भन्‍न सकिन्‍छ। वैकल्‍पिक अनुवादः "मैले मेरो पापबाट परमेश्‍वरबाट बचाइन के गर्नु पर्छ?" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-activepassive)

येशूमा विश्‍वास गर्नुहोस्, जो प्रभु हुनुहुन्छ

यो कुरा झ्यालखानाको हाकिम र उनको परिवार दुवैलाई सम्बोधन गरेर भनिएको थियो, जो सबैले त्यसपछि विश्‍वास गरे र बप्‍तिस्मा लिए । केही भाषाहरूले पावलले एउटा झुण्डसँग कुरा गरिरहेका छन् भनेर सङ्‍केत गर्ने कुनै वाक्य संरचना वा रूपको प्रयोग गर्न सक्छन् ।

तपाईं र तपाईंको परिवारले उद्धार पाउनुहुनेछ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरले तपाईं र तपाईंको परिवारलाई तपाईंहरूका पापहरूका कारण आउने अनन्त दण्डबाट जोगाउनुहुनेछ ।” यो कुरा पक्‍का गर्नुहोस् कि यहाँ उल्लेख गरिएको उद्धार आत्मिक हो, र शारीरिक होइन ।