ne_gl_ne_obs-tn/content/46/04.md

2.4 KiB

 दमस्‍कसमा हननिया नाऊँ भएको एक चेला थियो

nnnn

तर हननियाले भने

यदि यहाँ “तर” शब्दको प्रयोग किन गरिएको छ भनेर प्रस्‍ट हुँदैन भने, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तर हननिया डराए, र त्यसैले भने ।”

परमेश्‍वरले उनलाई जवाफ दिनुभयो

परमेश्‍वरले यो किन भन्‍नुभयो भनेर स्पष्‍ट बनाउनको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हननियालाई भरोसा दिलाउनलाई, परमेश्‍वरले भन्‍नुभयो ।”

जाऊँ

यो एक आज्ञा हो र एक विस्‍मयादिबोधक पनि हो। परमेश्‍वरले जोड दिइरहनु भएको छ कि हननियाले आपत्ति जनाउँन छोड्नु पर्छ र शाऊल कहाँ गएर उहाँले जे भन्‍नु भयो त्‍यो गर्नु पर्छ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-exclamations)

मेरो नाम घोषणा गर्न

अर्थात, “मेरो बारेमा सिकाउन” वा, “मलाई परिचित गराउन ।”

मेरो नामको खातिर

यहाँ  'मेरो नाम' ले उहाँको चरित्रलाई देखाउ छ। शाऊलले धेरै दुख भोग गर्नु पर्ने छ किनकि उसले मानिसहरुलाई येशुको बारेमा बताउने छन्। अर्थात, “मेरो लागि” वा, “मेरो कारणले” वा, “किनकि उनले मेरो सेवा गर्छन्” वा, “किनकि उनले मेरो बारेमा अरूहरूलाई सिकाउँछन् ।” (हेर्नुहोसः rc://en/ta/man/translate/figs-metonymy)