ne_gl_ne_obs-tn/content/40/07.md

3.5 KiB

अब सिद्धियो !

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “अब पूरा भयो” वा, “मैले यसलाई समाप्‍त गरेको छु” वा, “मैले काम सकाएको छु ।” यसको अर्थ येशूको उद्धारको काम पूर्ण भएको थियो भन्‍ने हुन्छ ।

पिता

यो परमेश्‍वर पिताको लागि एक महत्वपुर्ण नाउँ हो। (हेर्नुहोसः rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)

म मेरो आत्‍मा तपाईको हातमा सुम्‍पन्‍छु

यो कथन एक सरल भाषामा परमेश्‍वरको वास्ता देखाउ छ। वैकल्‍पिक अनुवादः “तपाईंको हेरचाहामा म मेरो आत्‍मा सुम्‍पन्‍छु" अथवा "तपाईंको हेरचाहामा म मेरो आत्‍मा सुम्‍पन्‍छु यो जानेर कि तपाई त्‍यसको वास्‍ता गर्नु हुन्‍छ।" (हेर्नुहोसः[rc://en/ta/man/translate/figs-metonymy]])

उहाँको शिर झुकाउनुभयो

,अर्थात, “उहाँको शिर निहुराउनुभयो ।”

उहाँको आत्मा त्याग गर्नुभयो

 यो एक नम्र तरीकाले  येशु मर्नु भयो भन्‍न खोजिएको हो। यसलाई यसरी अनुवाद गर्न सकिन्‍छः “उहाँको आत्मा परमेश्‍वरलाई दिनुभयो” वा, “परमेश्‍वरलाई उहाँको आत्मा समर्पण गर्नु भयो र मर्नुभयो ।”

मन्‍दिरमा परमेश्‍वरको उपस्‍थितिबाट मानिसहरुलाई अलग गर्ने ठूलो पर्दा दुई टुक्रा भयो।

यसलाई सक्रिय रुपमा भन्‍न सकिन्‍छः परमेश्‍वरले  मन्‍दिरमा भएको ठुलो पर्दा दुई भाग भयो जस्‍ले मानिसहरुलाई उहाँको उपस्‍थितिबाट अलग गर्द थियो। (हर्नुहोसः rc://en/ta/man/translate/figs-activepassive)

ठूलो पर्दा

यो बुनेर बनाइएको एउटा ठूलो, र दह्रो खालको कपडा थियो जुन मन्दिरमा झुण्डाइएको थियो । यो एउटा कोठालाई अर्को कोठाबाट अलग गर्ने भित्ता जस्तै थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “बाक्लो पर्दा” वा, “झुण्‍डिरहेको कपडा” वा, “ढाक्‍ने कुरा ।”