ne_gl_ne_obs-tn/content/40/04.md

3.2 KiB

दुई डाँकुहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “दुई लुटेराहरू ।” यसले मालसामान चोर्नलाई बलजफ्ती र हिंसा प्रयोग गर्ने अपराधीहरूलाई जनाउँछ ।

के तँसँग परमेश्‍वरले दण्ड दिनुहुनेछ भनेर डर छैन ?

त्यस डाँकुले यो प्रश्‍नको जवाफ अपेक्षा गर्दैन; यो केही भाषाहरूले कडा भनाई जनाउनलाई प्रयोग गर्ने तरिका हो । यदि तपाईंको भाषाले प्रश्‍नहरूलाई यस किसिमले प्रयोग गर्दैन भने, “पैँले परमेश्‍वरको डर मान्‍नुपर्छ !”

हामी धेरै खराब कुराहरू गरेकोमा दोषी छौँ, तर यी मानिस निर्दोष हुनुहुन्छ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तैँले र मैले दुष्‍ट कुराहरू गरेका छौँ र मर्न योग्यका छौँ, तर यी मानिस, येशूले, कुनै गल्ती गर्नुभएको छैन र मर्न योग्यको हुनुहुन्‍न ।” “हामी”ले यहाँ दुवै डाँकुहरूलाई समावेश गर्छ, तर येशूलाई समावेश गर्दैन ।

यी मानिस

यो पदावलीले येशूलाई जनाउँछ ।

कृपया मलाई सम्झनुहोस्

अर्थात, “कृपया मलाई स्‍वीकार गर्नुहोस्” वा, “कृपया मलाई स्‍वागत गर्नुहोस्” वा, “कृपया मलाई तपाईंसँगै हुन अनुमति दिनुहोस् ।” “सम्झनुहोस्”ले यहाँ कुनै कुरालाई बिर्सिएपछि त्यसलाई पुनः याद गर्नु भन्‍ने अर्थ दिँदैन । यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् जसले नम्र अनुरोधलाई सञ्‍चार गर्छ ।

तपाईंको राज्यमा

अर्थात, “जब तपाईंले तपाईंको राज्य स्थापित गर्नुहुन्छ” वा, “जब तपाईंले राजा जसरी शासन गरिरहनुभएको हुन्छ ।”

परमधाम

यो “स्‍वर्ग”को लागि अर्को नाम हो ।