ne_gl_ne_obs-tn/content/37/05.md

2.1 KiB

म पुनरुत्थान र जीवन हुँ

यो “म हुँ” भन्‍ने थुप्रै धेरै शक्तिशाली भनाईहरूमध्येको एउटा हो जसमा येशूले उहाँको आधारभूत स्वभावको बारेमा केही भन्‍नुहुन्छ । यसमा चाहिँ, येशूले उहाँ पुनरुत्थान र जीवनको “प्रदायक” वा, “श्रोत” हुनुहुन्छ भनेर सङ्‍केत दिनुभयो । यदि सम्भव छ भने, यो उहाँको आधारभूत स्वभाव हो भनेर प्रस्ट पार्ने किसिमले यो पदावलीलाई अनुवाद गर्नुहोस् । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “म नै हुँ जसले मानिसहरूलाई बिउताउँछ र तिनीहरूलाई जिउने तुल्याउँछ ।”

ऊ मरेतापनि बाँच्‍नेछ

अर्थात, “ऊ मरेतापनि, सदासर्वदाको लागि बाँच्‍नेछ ।” अङ्‍ग्रेजी शब्द “ऊ”ले केवल पुरुष मानिसहरूलाई मात्र जनाउँदैन । येशूलाई विश्‍वास गर्ने स्‍त्रीहरू पनि सदासर्वदाको जिउनेछन् ।

कहिल्यै मर्नेछैनन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “सदासर्वदाको लागि जिउनेछन् ।”

मार्था

मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७:०१