ne_gl_ne_obs-tn/content/35/12.md

2.3 KiB

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

एउटा सानो बाख्रा

एउटा सानो बाख्राले पुस्टाएर राखेको पशुभन्दा कम मानिसहरूलाई खुवाउन पुगेको हुनुपर्छ, र उस्तो धेरै मान्यताको ठानिँदैन । जेठो दाइले उसको बाबुलाई गुनासो गरिरहेको थियो कि उनले उसलाई भन्दा पापी कान्छो छोरालाई बढि असल व्यवहार गरिरहेका थिए ।

यो तपाईंको छोरा

यो अभिव्यक्तिले जनाउँछ कि जेठो छोरा रिसाएको थियो । यसले उसले आफूभन्दा कान्छा भाइलाई गरेको इन्कार र उनको बाबुले त्यो घर छोडेर हिँडेको छोरालाई फर्कँदा स्वागत गरेको कुराप्रति भएको अस्वीकृतिलाई देखाउँछ । अरू भाषाहरूको पनि यी कुराहरूलाई सञ्‍चार गर्ने अप्रत्यक्ष तरिका हुन सक्छ ।

तपाईंको पैसा बेकाममा खर्च गर्‍यो

अर्थात, “तपाईंले उसलाई दिनुभएको पैसा उडायो” वा, “तपाईंको सम्पत्ति नाश पार्‍यो ।” यदि सम्भव छ भने, दाजुको रीसलाई देखाउने अभिव्यक्तिको प्रयोग गर्नुहोस् ।

सबैभन्दा पुस्टाएको पशुलाई मार्नुभयो

अर्थात, “भोजमा खानलाई सबैभन्दा पुस्टाएको पशुलाई मार्नुभयो ।”