ne_gl_ne_obs-tn/content/35/05.md

2.0 KiB

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

एउटा घोर अनिकाल पर्‍यो

अर्थात, “त्यहाँ एकदम कम खानेकुरा थियो ।” केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “त्यहाँ ठूलो अनिकाल परेको थियो ।”

खानेकुरा किन्‍नलाई केही पैसा थिएन

अनिकालको कारणले, खानेकुरा धेरै महँगो भएको थियो, र उसले उसको सबै पैसा अघि नै खर्च गरिसकेको थियो ।

काम

यसले उसले अरू कसैको लागि पैसाको लागि गरिदिने कामलाई जनाउँछ । यदि यो स्पष्‍ट छैन भने, यो वाक्यलाई यसबाट सुरु गर्न सकिन्थ्यो, “यसैले केही पैसा कमाउनलाई, उसले भएको एउटै मात्र कामलाई लियो ।”

सुँगुरहरूलाई चारो खुवाउने

अर्थात, “सुँगुरहरूलाई खानेकुरा दिने ।” त्यो समयमा यो काम भनेको समाजमा भएको सबैभन्दा तुच्छ कामहरूमध्ये एक ठानिएको हुन सक्थ्यो । यदि तपाईंको भाषामा तल्लो स्तरको कामलाई जनाउने कुनै खास शब्द छ भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् ।