ne_gl_ne_obs-tn/content/33/06.md

1.5 KiB

यो कथाले चेलाहरूलाई अलमल्याइदियो ।

अर्थात, “चेलाहरूले यो कथालाई बुझेनन् ।”

एउटा व्यक्ति हो

यो तुलनालाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “एउटा व्यक्ति जस्तै हो” वा, “एउटा व्यक्तिलाई प्रतिनिधित्व गर्छ” वा, “एउटा व्यक्तिलाई जनाउँछ” वा, “एउटा व्यक्तिको बारेमा बोलिरहेको छ ।”

उसबाट वचन हरेर लैजान्छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको वचनलाई हरेर लैजान्छ, जसले गर्दा उसलाई त्यो बिर्सन लगाउँछ” वा, “उसको हृदयबाट वचनलाई चोर्छ ताकि उसले त्यो विश्‍वास गर्न नसकोस् र उद्धार पाउन नसकोस् ।” तपाईंले निम्‍न कुराहरू पनि थप्‍न सक्नुहुन्छ: “जसरी चराहरूले बाटोमा झरेका बिउहरूलाई खाइदिन्छन् ।”