ne_gl_ne_obs-tn/content/29/09.md

3.8 KiB

तब येशूले भन्‍नुभयो

केही भाषाहरूले थप्‍न सक्छन्, “उहाँका चेलाहरूलाई ।”

येशूले भन्‍नुभयो, “यदि तिमीहरूले तिमीहरूका भाइलाई हृदय देखि माफ दिएनौ भने तिमीहरू हरेकलाई पनि मेरा स्वर्गीय पिताले यहि गर्नुहुनेछ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्‍नुभयो कि यदि तिनीहरूले तिनीहरूका भाइलाई हृदय देखि माफ गरेनन् भने उहाँको स्वर्गीय पिताले पनि उहाँको हरेक चेलालाई त्यसै गर्नुहुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

त्यसै

“त्यसै”ले यो भन्दा अगाडि राजाले माफ नदिने नोकरलाई २९:०८ मा दण्ड दिएको तरिकालाई जनाउँछ ।

तिमीहरू ... तिमीहरू ... तिमीहरूको ... तिमीहरूको

यी शब्दहरूको सबै प्रयोगहरू बहुवचन हुन् । येशू उहाँका चेलाहरूसँग बोलिरहनुभएको छ, तर यो दृष्‍टान्तले सबै विश्‍वासीहरूलाई लागु हुने सामान्य सत्यतालाई सिकाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

मेरो स्वर्गीय पिता

अर्थात, “स्वर्गमा हुनुहुने मेरो पिता ।” येशूले पिता परमेश्‍वरसँग उहाँको अद्वितीय, व्यक्तिगत सम्बन्धलाई व्यक्त गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तिमीहरूको भाइ

तपाईंले यसलाई २९:०१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

तिमीहरूको हृदयबाट

“तिमीहरूको हृदयबाट” भन्‍ने पदावली एउटा उपमा हो जसको अर्थ “विशुद्ध तरिकाले” भन्‍ने हुन्छ । वैकल्पि अनुवादः “शुद्धताका साथ” वा, “साँच्‍चै” वा, “वास्तविक तरिकाले” वा, “ईमान्दार रूपले ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हृदय

यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मनुषत्वलाई जनाउने अलाङ्‍कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।