ne_gl_ne_obs-tn/content/29/08.md

2.8 KiB

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

त्यस नोकरलाई बोलाए

अर्थात, “त्यस नोकरलाई उनीकहाँ आउनलाई अह्राए” वा, “त्यस नोकरलाई उनीकहाँ ल्याउनलाई उनका पहरेदारहरूलाई अह्राए ।”

र भने, ‘तँ दुष्‍ट नोकर ! तैँले मलाई बिन्तीभाउ गरेको कारण मैले तँलाई माफ दिएँ । तैँले पनि त्यस्तै गर्नुपर्ने थियो ।’

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र त्यसलाई दुष्‍ट नोकर भने ! उनले भने कि त्यसले उनलाई बिन्तीभाउ गरेका कारण उनले त्यसलाई माफ दिए । त्यसले पनि त्यसै गर्नुपर्ने थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotesinquotes)

तँ दुष्‍ट नोकर !

राजाले यो कुरा त्यो नोकर कति दुष्‍ट थियो भनेर जोड दिनलाई भनेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

मलाई बिन्तीभाउ गरिस्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मसँग हारगुहार गरिस्” वा, “मलाई दयालु बन्‍नलाई जोतोडले माग गरिस् ।”

तैँले पनि त्यस्तै गर्नुपर्ने थियो

अर्थात, “तैँले तेरो ऋणी मानिसलाई माफ दिनुपर्ने थियो, जसरी मैले तँलाई माफ दिएँ ।”

हालिदिए

अर्थात, “उनका पहरेदारहरूलाई हाल्नलाई अह्राए ।” “हाल्नु”लाई [२९:०६] (29/06)को परिवेशमा कसरी अनुवाद भएको थियो विचार गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)