ne_gl_ne_obs-tn/content/27/11.md

4.8 KiB

यशूले व्यवस्थाका विज्ञलाई सोध्‍नुभयो, “तिमी के सोच्छौ ? यी तीनमध्ये को चाहिँ त्यस लुटिएको र पिटिएको मानिसको लागि छिमेकी थियो ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले व्यवस्थाका विज्ञलाई ती तीन मानिसहरूमध्ये को चाहिँ त्यस लुटिएको र पिटिएको मानिसको लागि छिमेकी भएको उसलाई लाग्‍यो भनेर सोध्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

व्यवस्थाका विज्ञ

अर्थात, “यहूदी नियममा विज्ञ ।” तपाईंले यो शब्दलाई २७:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

तीन मानिसहरू

तीन मानिसहरू पूजाहारी, लेवी, र सामरी थिए ।

छिमेकी थियो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “छिमेकीले झैँ व्यवहार गर्‍यो” वा, “साथी थियो” वा, “प्रेमपूर्वक रीतिले व्यवहार गर्‍यो ।” तपाईंले “छिमेकी”लाई २७:०२२७:०३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

एक छिमेकी

येशूले “छिमेकी” शब्दलाई 27:0२ मा भन्दा अझ फराकिलो बुझाईमा प्रयोग गर्दै हुनुहुन्छ । यहाँ “छिमेकी” भनेको हामीले भेट्ने त्यो कुनै पनि व्यक्ति हो जसलाई हाम्रो सहायताको खाँचो छ ।

उनले जवाफ दिए, “त्यो व्यक्ति जो उसप्रति दयालु थियो ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उनले जुन व्यक्ति उसप्रति दयालु थियो त्यो नै थियो भनेर जवाफ दिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

येशूले उनलाई भन्‍नुभयो, “तिमी जाऊ र त्यसै गर ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उनलाई जान र त्यसै गर्नलाई भन्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिमी जाऊ र गर

अर्थात, “तिमी, पनि , जानुपर्छ र गर्नुपर्छ” वा, “अब तिमीले गर्नुपर्छ ।” येशूले व्यवस्थाका विज्ञलाई सामरीले गरे झैँ गर्नलाई आज्ञा गरिरहनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

त्यसै गर

अर्थात, “अरूहरूलाई प्रेम गर, तिमीहरूका शत्रुहरूलाई पनि ।” यो कुरा पक्‍का गर्नुहोस् कि “त्यस्तै” भन्‍नाले घाइते मानिसलाई मात्र सहायता गर्ने भनिरहेको छ भनेर नसुनियोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।