ne_gl_ne_obs-tn/content/27/10.md

2.7 KiB

सामान्य जानकारी

येशूले कथा भन्‍नलाई जारी राख्‍नु हुन्छ ।

उसको यात्रालाई निरन्तरता दिन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उसको गन्तव्यतिर यात्रा गर्न जारी राख्‍न ।”

सञ्‍चालक

अर्थात, “जसले व्यवस्थापन गर्थ्यो ।” त्यो व्यक्ति त्यस वास बस्‍ने पौवाको मालिक पनि हुन सक्थ्यो ।

उनले त्यसलाई भने, ‘यस मानिसको ख्याल राख्‍नुहोस् । तपाईंले यो भन्दा ज्यादा पैसा खर्च गर्नुभयो भने, म फर्किँदा खेरी तपाईंलाई ती खर्चहरू तिरीदिनेछु ।’

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “उनले तिनलाई त्यस मानिसको ख्याल राख्‍नलाई भने, र यदि तिनले त्यो भन्दा ज्यादा पैसा खर्च गरे भने, उनी फर्केर आउँदा ती खर्चहरू तिरीदिने थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotesinquotes)

यस मानिसको ख्याल राख्‍नुहोस्

केही भाषाहरूमा यसरी भन्‍नलाई रोजिन सकिन्छ, “कृपया यस मानिसको ख्याल राख्‍नुहोस्” ताकि यो नम्र निवेदन थियो र कुनै आज्ञा थिएन भनेर प्रस्ट होस् ।

ती खर्चहरू तिरीदिनेछु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंलाई तिरीदिनेछु” वा, “त्यो पैसा फिर्ता तिरीदिनेछु” वा, “त्यो तपाईंलाई तिरीदिनेछु ।”