ne_gl_ne_obs-tn/content/27/02.md

6.0 KiB

ती मानिसले भने, “त्यसले भन्छ, परमप्रभु तेरा परमेश्‍वरलाई तेरो सारा हृदयले, प्राणले, बलले, र समझले प्रेम गर् । अनि तेरो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “ती मानिसले भने कि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई हाम्रो सारा हृदयले, प्राणले, बलले, र समझले प्रेम गर्नुपर्छ । अनि हाम्रो छिमेकीलाई हामी आफैँलाई झैँ प्रेम गर्नुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

परमप्रभु तेरा परमेश्‍वरलाई प्रेम गर्

तपाईंले यसो भन्‍न रोज्‍न सक्‍नुहुन्छ, “हामीले परमप्रभु हाम्रो परमेश्‍वरलाई प्रेम गर्नुपर्छ ।” यो कुरा पक्‍का गर्नुहोस् कि ती मानिसले येशूलाई खटाएको जस्तो नसुनियोस् । बरू, उनले परमेश्‍वरको व्यवस्थाले मानिसहरूलाई के गर्न अह्राउँछ भनेर उद्धरण गरिरहेका थिए ।

तेरो सारा हृदयले, प्राणले, बलले, र समझले

अर्थात, “तेरो सम्पूर्ण व्यक्तित्त्वले” वा, “तेरो व्यक्तित्त्वको हरेक हिस्साले ।” केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तेरो सारा कलेजोले, सासले, बलले, र सोचाईहरूले ।” प्रमुख ध्यानाकर्षण चाहिँ यी हरेक भागहरूमा छैन, तर हामी सबैमाथि छ । तपाईंको भाषामा सम्पूर्ण व्यक्तिलाई जनाउनको लागि भएका अवधारणाहरूलाई प्रयोग गर्नुहोस् ।

हृदय

हृदयले व्यक्तिको त्यो भागलाई जनाउँछ जसमा इच्छाहरू र भावनाहरू हुन्छन् ।

प्राण

प्राणले व्यक्तिको अभौतिक, आत्मिक भागलाई जनाउँछ ।

बल

बलले भौतिक शरीर र त्यसका सबै क्षमताहरूलाई जनाउँछ ।

समझ

समझले व्यक्तिको त्यस भागलाई जनाउँछ जसले सोच्छ, योजना गर्छ, र उपायहरू निकाल्छ ।

छिमेकी

“छिमेकी” शब्दले सामान्यतया हाम्रो नजिकै बस्‍ने व्यक्तिलाई जनाउँछ । यहूदीहरूले यो शब्द त्यस्तो व्यक्तिलाई चलाउँथे जो नता तिनीहरूको नजिकको नातेदार थियो नता विदेशी वा शत्रु थियो ।

तेरो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्

यो एउटा भाषाको अलङ्‍कार हो । यहाँ छुटेको जानकारीलाई बताउन सकिन्छः “तेरो छिमेकीलाई तैँले आफैँलाई प्रेम गरे झैँ प्रेम गर् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तँ आफैँलाई झैँ

अर्थात, उनले आफैँलाई जुन हदसम्म प्रेम गर्थे त्यति नै उनले उनको छिमेकीलाई प्रेम गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

येशूले जवाफ दिनुभयो, “तिमी सहि छौ ! यदि तिमीले यसो गर्‍यौ भने, तिमीले अनन्त जीवन पाउनेछौ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उनी सहि थिए भनेर उनलाई बताउनुभयो ! यदि उनले त्यसो गरे भने, उनले अनन्त जीवन पाउने थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिमीले अनन्त जीवन पाउनेछौ

यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छः “परमेश्‍वरले तिमीलाई अनन्त जीवन दिनुहुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)