ne_gl_ne_obs-tn/content/27/01.md

4.5 KiB

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

यहूदी व्यवस्थाका विज्ञ

यो मानिस चाहिँ कोही त्यस्तो व्यक्ति थियो जसले परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्था र त्यसका साथै अन्य यहूदी नियमहरू अध्य्यन गरेको थियो र अरूहरूलाई सिकाएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

उनले भने, “गुरू, अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूलाई “गुरू” भनेर बोलाए र अनन्त जीवन प्राप्‍त गर्नलाई उनले के गर्नुपर्ने थियो भनेर सोधे ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

अनन्त जीवन पाउनलाई

अर्थात, “सधैँभरीको लागि परमेश्‍वरसँगको जीवन पाउनलाई” वा, “ताकि परमेश्‍वरले मलाई उहाँसँगको जीवन सधैँभरीको लागि दिनुभएको होस्” वा, “परमेश्‍वरबाट अनन्त जीवन प्राप्‍त गर्नलाई ।” ती व्यवस्थाका विज्ञले परमेश्‍वर पिताबाट अनन्त जीवनलाई उत्तराधिकारको रूपमा प्राप्‍त गर्नलाई उनी कसरी योग्यका हुन सक्थे भनेर सोधिरहेका थिए ।

अनन्त जीवन

यसले मरणशील शरीर मरेपछि परमेश्‍वरसँगको सदाकालको जीवनलाई जनाउँछ । अनन्त जीवनको बारेमा प्रमुख शब्दावलीहरूको व्याख्या दिने पृष्‍ठमा हेर्नुहोस् ।

येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको व्यवस्थामा के लेखिएको छ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले परमेश्‍वरको व्यवस्थामा के लेखिएको थियो भनेर उनलाई सोध्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

परमेश्‍वरको व्यवस्थामा के लेखिएको छ ?

अर्थात, “यसको बारेमा परमेश्‍वरको व्यवस्थामा के लेखिएको छ ?” येशूले यो प्रश्‍न सोध्‍नुभयो किनकि उहाँले ती मानिसले परमेश्‍वरको व्यवस्थाले वास्तवमा के सिकाउँछ भनेर सोचेका चाहनुहुन्थ्यो ।

के लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छः “परमेश्‍वरले के भन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)