ne_gl_ne_obs-tn/content/25/06.md

2.2 KiB

त्यसले येशूलाई भन्यो, “यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो र मेरो आराधना गर्नुभयो भने म तपाईंलाई यो सबै दिनेछु ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “त्यसले येशूलाई भन्यो कि यदि उहाँले त्यसलाई दण्डवत् गर्नुभयो र त्यसको आराधना गर्नुभयो भने त्यसले उहाँलाई त्यो सबै थोक दिने थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

संसारका राज्यहरू

यसले भएका सबै महान् सहरहरू, देशहरू, र संसारका अन्य क्षेत्रहरूलाई जनाउँछ ।

म तपाईंलाई यो सबै दिनेछु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तपाईंलाई सारा धनहरू र यी राज्यहरूका शक्ति दिनेछु” वा, “म तपाईंलाई यी सबै देशहरू, सहरहरू र मानिसहरूमाथि शासक बनाउनेछु ।”

म तपाईंलाई दिनेछु

यो बताउन सकिन्छ कि शैतानसँग वास्तवमै यस्तो अधिकार थियोः “मसँग तपाईंलाई दिने अधिकार छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

दण्डवत् गर्न

यसको अर्थ येशूले शैतानको सेवा र आराधना गर्नुपर्ने भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)