ne_gl_ne_obs-tn/content/25/05.md

3.1 KiB

उहाँले भन्‍नुभयो, “परमेश्‍वरले सबैलाई भन्‍नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर् ।’”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उहाँले भन्‍नुभयो कि परमेश्‍वरले सबैलाई भन्‍नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर् ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

“परमेश्‍वरले सबैलाई भन्‍नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर् ।’”

यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्थ्योः “परमेश्‍वरले सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्न भन्‍नुहुन्छ ।”

‘परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर् ।’

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “ ... सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्न भन्‍नुहुन्छ ।” वा “ ... भन्‍नुहुन्छ कि कसैले पनि परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा गर्नु हुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotesinquotes)

परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमप्रभु तेरा परमेश्‍वरले आफैँलाई तेरो अगाडि प्रमाणित गर्नुपर्ने नबना” वा, “तैँले परमेश्‍वरको आज्ञापालन नगर्दा पनि उहाँलाई तेरो हेरविचार गर्नलाई चुनौति नदे ।”

परमप्रभु तेरा परमेश्‍वर

अर्थात, “यहवे, तेरा परमेश्‍वर” वा, “यहवे, जो परमेश्‍वर हुनुहुन्छ र जसको तँमाथि अधिकार छ ।”