ne_gl_ne_obs-tn/content/25/01.md

2.4 KiB

येशूको बप्‍तिस्मा भएको तुरुन्तै पछि

यो नयाँ घटना हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

पवित्र आत्माले उहाँलाई डोहोर्‍याउनुभयो

अर्थात, “पवित्र आत्माले उहाँलाई अगुवाई गर्नुभयो” वा, “पवित्र आत्माले उहाँलाई जानलाई उक्साउनुभयो ।”

उजाडस्थान

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मरुभूमि” वा, “थोरै मानिसहरू भएको एउटा दुर्गम, बाँझो स्थान ।” यो ठाउँमा शायद निकै कम रूखहरू बा अरू बोटहरू थिए, त्यसैले प्राय मानिसहरू यहाँ बस्‍न सक्‍ने थिएनन् ।

चालीस दिन र चालीस रात

यसको अर्थ हुन्छ, “चालीस दिन, दुवै दिनको अवधिमा र रातको अवधिमा ।” यो कुरा पक्‍का गर्नुहोस् कि यो पदावलीको अनुवादले जम्मा असी दिनको अवधि भनेर सुनाएको जस्तो नहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

उहाँलाई पाप गर्न लगाउनलाई परीक्षा गर्‍यो

किनकि येशूले पाप गर्नुभएन, तपाईंले यस्तो शब्द प्रयोग गर्नलाई पक्‍का गर्नुहोस् कि जसले शैतानले येशूलाई पाप गर्नको लागि मनाउनलाई सफल भयो भनेर अर्थ नदिओस् । यो पदावलीलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई पाप गर्नको लागि मनाउनलाई कोसिस गर्‍यो ।”