ne_gl_ne_obs-tn/content/24/04.md

2.9 KiB

तिमी विषालु सर्पहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिमीहरू झूट बोल्ने विषालु सर्पहरू जस्तै छौ !” यूहन्‍नाले तिनीहरूलाई विषालु सर्पहरू भनिरहेका थिए किनकि तिनीहरू खतरनाक र छलपूर्ण थिए ।

हरेक रूख जसले असल फल फलाउँदैन

यूहन्‍नाले वास्तवमै रूखहरूका बारेमा कुरा गरिरहेका छैनन् । यो एउटा अभिव्यक्ति हो जसले असल फललाई असल कामहरू र परमेश्‍वरबाट आउने स्वभावहरूसँग तुलना गर्छ ।

उहाँले काट्नुहुनेछ ... तिनीहरूलाई आगोमा फाल्नुहुनेछ

यसको अर्थ हुन्छ, “उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ ... तिनीहरूलाई दण्ड दिनुहुनेछ ।”

यूहन्‍नाले पूरा गरे

अर्थात, परमेश्‍वरको सन्देशवाहकले जे गर्नेछन् भनेर अगमवक्ताले बताएका थिए सो “यूहन्‍नाले गरिरहेका थिए” ।

हेर

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो “हेर र देख” वा, “ध्यान देओ !”

मेरो सन्देशवाहक

अर्थात, “म, यहवेले, मेरो सन्देशवाहकलाई पठाउनेछु ।” केही भाषाहरूमा यो वाक्यको लागि अप्रत्यक्ष उद्धरणको प्रयोग गर्नु बढि स्वभाविक हुन सक्छ, जस्तैः “यशैया अगमवक्ताले परमेश्‍वरले उहाँको सन्देशवाहकलाई पठाउनुहुने थियो भन्दा जे भनेर भविष्‍यवाणी गरे ।”

तपाईंको अगाडि

यो पदावलीमा, “तपाईं” शब्दले मसिहलाई जनाउँछ ।

तपाईंको बाटो तयार गर्न

परमेश्‍वरको सन्देशवाहकले मानिसहरूलाई मसिहको कुरा सुन्‍नलाई तयार गर्नेछन् ।