ne_gl_ne_obs-tn/content/21/05.md

3.2 KiB

... जस्तो हुने थिएन

नयाँ करार साँच्‍चै प्रभावकारी हुने थियो । मानिसहरूले साँच्‍चै परमेश्‍वरलाई चिन्‍ने थिए, तिनीहरू साँच्‍चिकै उहाँका मानिसहरूको रूपमा रहने थिए, र उहाँलाई विश्‍वास गर्नेहरूको लागि मसिहको एकपटकको आफ्नै बलिदानको आधारमा उहाँले तिनीहरूका पापहरूलाई पूर्ण रूपले क्षमा गरिदिनुहुने थियो ।

यो तिनीहरूका हृदयहरूमा उहाँका नियमहरू लेख्‍ने जस्तै हुने थियो

यहवेको व्यवस्था केवल ढुङ्‍गामा लेखिनुको साटोमा बरु तिनीहरूको एक हिस्सा हुने थियो । यहाँ “हृदय”ले “भावनाहरू” वा “दिमाग”लाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो व्यवस्था तिनीहरूको सोचाईहरू र भावनाहरूको एक हिस्सा हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूको हृदयहरूमा उहाँको नियम लेख्दै

यो एउटा अलङ्‌कार हो जसको अर्थ हुन्छ, “उहाँका मानिसहरूलाई उहाँका नियमहरू बुझ्‍नलाई सहायता गर्नलाई र उहाँलाई आज्ञापालन गर्नलाई दिलोज्यानले चाहना गर्नलाई ।” यदि सम्भव हुन्छ भने, तिनीहरूका हृदयहरूमा लेखेको भनेर झलक दिने तस्वीरलाई कायम राख्नुहोस्, किनकि यो उहाँले इस्राएलीहरूका लागि उहाँको व्यवस्थालाई ढुङ्‍गाको पाटिमा लेख्‍नुभएको तरिकासँग विपरीतमा छ । यदि त्यो सम्भव छैन भने, तपाईंले केवल अर्थलाई मात्र अनुवाद गर्न पनि सक्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँका मानिसहरू हुनु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका विशेष मानिसहरू हुन” वा, “उहाँका कृपा प्राप्‍त मानिसहरू हुन ।”