ne_gl_ne_obs-tn/content/21/01.md

2.2 KiB

परमेश्‍वरले संसारलाई सृष्‍टि गर्नुभएको बेलामा नै

संयोजक शब्दहरू “बेलामा नै”ले परमेश्‍वरले पापरहितको सिद्ध संसारलाई बनाउनुभएको कुरा र मानिसहरूलाई पापबाट बचाउन मसिहलाई पठाउने उहाँको पहिले देखि नै भएको योजनाको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

सर्पको टाउको कुच्‍च्याउनु

विषालु सर्पको टाउको नकुच्‍च्याएसम्म, सर्पले कसैलाई अझैपनि डस्‍न सक्छ । “कुच्‍च्याउनु”को लागि यस्तो शब्दको प्रयोग गर्नुहोस् जसले त्यसको टाउको नाश भयो भन्‍ने कुरालाई सञ्‍चार गर्छ ।

सर्प ... शैतान थियो

शैतानले हव्‍वासँग सर्पको रूपमा कुरा गर्‍यो । यसको अर्थ त्यो अहिले सर्प भएको छ भन्‍ने चाहिँ होइन । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “सर्प ... शैतानको एउटा रूप थियो ।”

जसले हव्‍वालाई छल्यो

अर्थात, “जसले हव्‍वालाई झूट बोल्यो ।” सर्पले परमेश्‍वरले भन्‍नुभएको करामा हव्‍वालाई शङ्‍का गर्न लगाएर र तिनीलाई परमेश्‍वरलाई अनाज्ञापालन गराउनलाई छलेर झूट बोल्यो ।