ne_gl_ne_obs-tn/content/19/04.md

3.4 KiB

नजिकैको अर्को देश

यसले छेउमा भएको, वा इस्राएलसँग सिमाना बाँड्ने देशलाई जनाउँछ ।

किनकि त्यहाँ कुनै अन्‍न उब्जनी थिएन

संयोजक शब्द “किनकि”ले कारण, जुन थियो-त्यहाँ कुनै अन्‍न उब्जनी भएको थिएन, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-तिनीहरूसँग खानेकुराको लगभग अभाव भइसकेको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

तर अझैपनि

संयोजक शब्दहरू “तर अझैपनि”ले एउटा विपरीत सम्बन्धलाई जनाउँछ । तपाईंले अपेक्षा गर्नुहुने थियो कि त्यस विधवाले एलियालाई सहायता गर्न इन्कार गरने थिइन् किनकि तिनीसँग खानेकुराको लगभग अभाव भइसकेको थियो, तर तिनले नसोचेको कुरा गरिन् र उनको ख्याल राखिन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

... को ख्याल राख्‍नु

यसको अर्थ तिनीहरूले उनलाई बस्‍नलाई एउटा ठाउँ दिए र उनको लागि खानेकुरा जुटाइदिए भन्‍ने हुन्छ । यसको अर्थ उनी बिरामी थिए भन्‍ने हुँदैन ।

परमेश्‍वरले तिनको लागि जुटाइदिनुभयो ... कहिल्यै रित्तो भएन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिनीहरूको पीठोको भाँडो र तेलको ढुङ्ग्रो रित्तिन दिनुभएन” वा “परमेश्‍वरले तिनीहरूको पीठोको भाँडो र तेलको ढुङ्ग्रोलाई कहिल्यै नरित्तिने तुल्याउनुभयो ।”

पीठोको भाँडो

यसले माटोको भाँडोलाई जनाउँछ जसमा विधवाले तिनको पीठोको आपूर्तिलाई राख्‍ने गर्थिन् ।

तेलको ढुङ्ग्रो

इस्राएलमा तोरीको तेललाई खाना पकाउन प्रयोग गरिन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “खाना पकाउने तेलको ढुङ्ग्रो ।” त्यस विधवाले पीठो र तेल रोटी बनाउनलाई प्रयोग गरिन् ।