ne_gl_ne_obs-tn/content/16/12.md

2.2 KiB

त्यसपछि गिदोन उनका सिपाहीहरूकहाँ फर्के

संयोजक शब्द “त्यसपछि”ले क्रमिक वाक्यांशलाई परिचय गराउँछ जसले गिदोनले सपना सुनेको र परमेश्‍वरको आराधना गरेको कुरालाई उनले ३०० इस्राएलीहरूलाई मिद्यानीहरूसँग लड्न भेला गराएको कुरासँग जोड्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

सीङ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तुरही” वा, “भेडाको सीङको तुरही ।” यी सीङहरू भालेजातिको भेडाबाट बनाइएको हुन्थ्यो र धेरैचोटि मानिसहरूलाई लडाईंमा बोलाउनलाई प्रयोग गरिन्थ्यो ।

राँको

यो राम्रोसँग बल्न सकोस् भनेर कपडाले बेह्रेको र तेलमा भिजाइएको शायद एउटा काठको टुक्रा थियो । (यो आद्युनिक टर्च बत्ती थिएन जुन ब्याट्टरीले चल्छ ।)

त्यसकारण मिद्यानीहरूले देख्‍न सकेनन्

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-राँकोहरू गाग्रीहरू भित्र थिए, त्यसको परिणामसँग जोड्छ, जुन थियो-मिद्यानीहरूले राँकोको उज्यालो देख्‍न सकेनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)