ne_gl_ne_obs-tn/content/16/08.md

1.9 KiB

त्यसपछि मिद्यानीहरू फेरि आए

संयोजक शब्द “त्यसपछि”ले क्रमिक क्रियालाई सङ्‍केत गर्छ । परमेश्‍वरले गिदोनलाई बोलाउनुभयो, र त्यसपछि मिद्यानीहरू फर्केर आए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

इस्राएलीहरूबाट फेरि चोर्नलाई आए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरूको देशमा तिनीहरूबाट सामानहरू चोर्नलाई फेरि आए ।”

तिनीहरूलाई गणना गर्न सकिँदैनथ्यो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मिद्यानीहरूको सङ्ख्या गणना गर्नको लागि साह्रै धेरै थियो” वा, “भएभरका सबै मिद्यानीहरूलाई गणना गर्नलाई धेरै कठिन हुने थियो ।”

दुई चिन्हहरूको लागि

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “दुई आश्‍चर्यकर्महरू गर्नलाई” वा, “दुई असम्भव कुराहरू हुने गराउनको लागि ।”

इस्राएललाई बचाउन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएललाई मिद्यानीहरूबाट उद्धार गर्न ।”