ne_gl_ne_obs-tn/content/15/01.md

3.7 KiB

आखिरमा इस्राएलीहरू कनानमा प्रवेश गर्ने समय भएको थियो

यसले नयाँ घटनाको सुरुवात गर्छ । इस्राएलीहरू प्रतिज्ञाको भूमिमा प्रवेश गर्न लागेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

आखिरमा ... को लागि समय भएको थियो

“आखिरमा” भन्‍नुको अर्थ “अन्तमा” वा, “लामो समयको पर्खाई पछि” हुन्छ । कति समयलाई यसले जनाउँछ भनेर प्रस्ट पार्नको लागि, तपाईंले भन्‍न सक्‍नु हुन्थ्यो, “तिनीहरूले ४० वर्षसम्म मरुभूमिमा डुलिसके पछि, परमेश्‍वरले अन्तमा स्वीकृति दिनुभयो ।”

त्यो देशमा एउटा यरीहो भन्‍ने सहर थियो । यसको वरिपरि यसलाई रक्षा गर्न दह्रिला पर्खालहरू थिए । यहोशूले त्यस सहरमा दुई जासुसहरू पठाए । त्यस सहरमा एक राहाब नाम गरेकी वेश्‍या रहने गर्थी ।

यरीहो सहर जसलाई इस्राएलले आक्रमण गर्ने थियो, र राहाब जसले तिनीहरूलाई सहायता गर्ने थिइन्, यो तिनीहरूको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

त्यस सहरमा दुई जासुसहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यस सहरका बारेमा जानकारी पाउनको लागि दुई मानिसहरू ।” “भूमिमा जासुसी गर्नु”को लागि १४:०४ भएका टिप्पणीहरू पनि हेर्नुहोस् ।

त्यसलाई रक्षा गर्न त्यसका वरिपरि दह्रिला पर्खालहरू थिए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूको शत्रुहरूबाट त्यसलाई जोगाउन ढुङ्गाले बनेको मोटो, दह्रो पर्खालले सम्पूर्ण रूपले घेरिएको थियो ।”

उम्कन

यो थप्‍न पनि सम्भव छ, “यरीहोका मानिसहरूबाट उम्कन जसले तिनीहरूलाई हानी गर्न चाहन्थे ।”

उनको परिवार

राहाबले उनको बाबु, आमा, दाजुभाईहरू, र दिदीबहिनीहरूको सुरक्षाको लागि बिन्ती गरिन् । यी मानिसहरू हुने परिवारको लागि तपाईंको शब्द प्रयोग गर्नुहोस् ।