ne_gl_ne_obs-tn/content/13/12.md

2.8 KiB

सुनको मूर्ति बनाए

हारूनले मानिसहरूले उनीकहाँ ल्याइदिएका सुनले बनेका चीजहरू लिए, तिनीहरूलाई पगाले, तिनीहरूलाई एकसाथ हाले, र तिनीहरूलाई एउटा बाछोको आकृति दिए ।

मानिसहरूले जङ्गली तरिकाले त्यस मूर्तिको पूजा गर्न थाले र त्यसलाई बलिहरू चढाउन लागे !

यो एउटा कडा भनाई हो जसले परमेश्‍वरले तिनीहरूको लागि गर्नुभएका कुराहरू मानिसहरूले देखे तापनि तिनीहरूले यस मूर्तिको पूजा गर्ने थिए भन्‍ने कुरा कति छक्‍कलाग्दो थियो भनेर व्यक्त गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

जङ्गली तरिकाले पूजा गर्नु

मानिसहरूले मूर्तिको पूजा गरेर र त्यसलाई पूजा गरिरहँदा पापपूर्ण कुराहरू गरेर पाप गरिरहेका थिए ।

किनभने

तिनीहरूले उहाँको मात्रै आराधना गर्नुपर्छ किनभने उहाँ डाही परमेश्‍वर हुनुहुन्छ र तिनीहरूले आज्ञापालन गरेनन् भने तिनीहरू दण्डित हुनेछन् भनेर परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभएको थियो । यी कारणहरूले गर्दा, परमेश्‍वर इस्राएलीहरूसँग तिनीहरूको पापको कारण धेरै रिसाउनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनको प्रार्थना सुन्‍नुभयो

परमेश्‍वरले प्रार्थनालाई सधैँ सुन्‍नुहुन्छ । यो अवस्थामा, “सुन्‍नुभयो”को अर्थ परमेश्‍वर मोशाले बिन्ती गरेका कुरा गर्न सहमत हुनुभयो भन्‍ने हुन्छ ।