ne_gl_ne_obs-tn/content/13/07.md

2.6 KiB

दश आज्ञाहरू

यसले इस्राएलीहरूले पालना गर्नलाई परमेश्‍वरले मोशालाई दिनुभएको आज्ञाहरूलाई जनाउँछ । तिनीहरू १३:०५१३:०६ को खण्डहरूमा सूचीकृत भएका छन् ।

दुई ढुङ्‌गाका पाटिहरू

पाटि भनेको ढुङ्‌गा वा अरू कडा चीजको सम्म परेको भाग हो जुन प्राचीन समयहरूमा लेख्‍नको लागि प्रयोग गरिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

परमेश्‍वरले ... पनि दिनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरले तिनीहरूलाई ... पनि भन्‍नुभयो ।”

पछ्याउन

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “जे तिनीहरूले मान्‍नुपर्थ्यो” वा, “जे तिनीहरूले पालना गर्नुपर्थ्यो ।”

यदि तिनीहरूले आज्ञापालन गरे भने

संयोजक शब्द “यदि”ले परिकल्पित शर्तसहितको सम्बन्धलाई सङ्‍केत गर्छ । परमेश्‍वरका आशिष्‌हरू इस्राएलीहरूले व्यवस्था मान्‍ने कुरामा भर पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

तर उहाँले भन्‍नुभयो कि उहाँले दण्ड दिनुहुने थियो

संयोजक शब्द “तर”ले सङ्‍केत गर्छ कि यदि इस्राएलीहरूले परमेश्‍वरको आज्ञापालन गरेनन् भने, उहाँले तिनीहरूलाई आशिष्‌ दिनको सट्टामा तिनीहरूलाई दण्ड दिनुहुने थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)