ne_gl_ne_obs-tn/content/13/02.md

4.2 KiB

तिमीहरूले सधैँ मेरो आज्ञापालन गर्नुपर्छ र मैले तिमीहरूसँग बनाइरहेको करारलाई कायम राख्‍नुपर्छ ।

यो परमेश्‍वरबाट सारा इस्राएलीहरूलाई आएको प्रत्यक्ष आज्ञा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

मैले तिमीहरूसँग बनाइरहेको करारलाई कायम राख्‍नु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मेरो करारले तिमीहरूले जे गरेको खोज्छ, सो गर्नु ।” आज्ञापालन गर्नु र करारलाई कायम राख्नु दुई फरक कुराहरू होइनन् । यसलाई प्रस्ट पार्ने एउटा तरिका यसो हुन सक्छ, “मैले तिमीहरूसँग बनाइरहेको करारलाई कायम राखेर मेरो आज्ञापालन गर ।” परमेश्‍वेरले उहाँको करारले के खोज्छ त्यो चाँडै बताउनुहुनेछ ।

यदि तिमीहरूले यसो गर्‍यौ भने

संयोजक शब्द “यदि”ले शर्तसहितको कथनलाई परिचय गराउँछ । आशिष्‌हरू इस्राएलीहरूले परमेश्‍वरले दिनुभएका आज्ञाहरू मान्‍नेमा भर पर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

मेरो पुरस्कार समानको सम्पत्ति

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिमीहरू मैले सबैभन्दा धेरै महत्त्व दिने मेरा सम्पत्ति हुनेछौ” वा, “तिमीहरू मैले मानिसहरूको अन्य कुनै जातिभन्दा ज्यादा बहुमूल्य ठान्‍ने मानिसहरू हुनेछौ” वा, “तिमीहरू मेरा आफ्नै मूल्यवान मानिसहरू हुनेछौ ।”

एउटा पूजाहारीहरूको राज्य

परमेश्‍वरले उहाँका मानिसहरू पूजाहारीहरू भए झैँ गरी कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूको राज्य जो पूजाहारीहरू झैँ छन्” वा “ती मानिसहरूको राज्य जसले पूजाहारीहरूले गर्ने काम गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एउटा पूजाहारीहरूको राज्य, र एउटा पवित्र जाति

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तिमीहरूको राजा हुनेछु र तिमीहरू पूजाहारीहरू झैँ हुनेछौ ।” इस्राएलीहरूले अरू जातिहरूलाई परमेश्‍वरको बारेमा सिकाउन पर्थ्यो र परमेश्‍वर र जातिहरूको बीचमा मध्यस्थकर्ता हुन पर्थ्यो जसरी इस्राएल जातिमा परमेश्‍वर र इस्राएलीहरूको बीचमा जानलाई पूजाहारीहरू थिए ।