ne_gl_ne_obs-tn/content/12/13.md

1.8 KiB

धेरै आनन्द मनाए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै खुशी थिए र तिनीहरूले त्यो उत्साहका साथ देखाए” वा, “तिनीहरूको सारा हृदयले देखाए” वा, “तिनीहरूको सारा बलले ।”

किनभने परमेश्‍वरले तिनीहरूलाई बचाउनुभएको थियो

संयोजक शब्द “किनभने”ले इस्राएलीहरूले आनन्द मनाए भन्‍ने परिणामलाई कारणसँग जोड्छ जुन थियो-परमेश्‍वरले तिनीहरूलाई बचाउनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

आराधना गर्न स्वतन्‍त्र

परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रमा दास भइरहनबाट स्वतन्‍त्र पार्नुभयो, वा उद्धार गर्नुभयो ताकि तिनीहरूले उहाँलाई सेवा गर्न सकून् ।

परमेश्‍वरको प्रशंसा गर्न

केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरको नाउँलाई उचाल्न” वा, “परमेश्‍वर महान् हुनुहुन्छ भन्‍न ।”