ne_gl_ne_obs-tn/content/12/11.md

1.9 KiB

उनको पाखुरा फेरि पसार्न

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनको पाखुरालाई फेरि समुद्रमाथि उचाल्न” वा, एउटा प्रत्यक्ष आज्ञाको रूपमा यसरी, “परमेश्‍वरले मोशालाई भन्‍नुभयो, ‘तेरो पाखुरालाई फेरि पसार् ।’”

त्यसपछि परमेश्‍वरले

संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू समुद्रको अर्को छेउपट्टि सकुशल आइपुगेको कामलाई परमेश्‍वरले मोशालाई समुद्र बीचबाट भएको बाटो बन्द गर्न दिनुभएको निर्देशनहरूसँग जोड्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

त्यसको सामान्य स्थानमा फर्कियो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यो ठाउँलाई फेरि ढाकिदियो जहाँ बाटो बनेको थियो” वा “सम्पूर्ण समुद्रलाई फेरि भरिदियो” वा, “परमेश्‍वरले त्यसलाई अलग गर्न अघि त्यो जहाँ थियो त्यहिँ फर्कियो ।”

सारा मिश्री सेना

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मिश्रको सेनामा भएका सबैजना ।”