ne_gl_ne_obs-tn/content/12/03.md

2.3 KiB

छोटो समय पछि

सायद कम्तिमा दुई दिन बितेको थियो । त्यसलाई स्पष्‍ट पार्नको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “थोरै दिन पछि” वा, “इस्राएलीहरूले मिश्र छोडेको थोरै दिन पछि ।”

तिनीहरूको मन परिवर्तन गरे

यो पदावलीको अर्थ हुन्छ, “तिनीहरूले अगाडि सोचेको भन्दा फरक तरिकाले सोच्‍न थाले ।” मिश्रीहरूले आफ्नो हृदय नै फेरेका त होइनन्, तर तिनीहरूले पहिले गरेको निर्णयसँग मेल नखाने अर्कै निर्णय गरे । तिनीहरूले इस्राएलीहरू जानुपर्छ भनेर निर्णय गरे, तर पछि त्यो गलत चुनाव भएको र तिनीहरूले इस्राएलीहरूलाई दासहरूको रूपमै राख्‍नुपर्ने थियो भनेर निर्णय गरे । केही भाषाहरूमा यो जस्तै अभिव्यक्ति नहुन सक्छ, र सो अर्थलाई सिधा ढङ्गले व्यक्त गर्नेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसैले तिनीहरूले

संयोजक शब्द “त्यसैले”ले परिणाम-मिश्रीहरूले इस्राएलीहरूलाई खेदे, यो कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-मिश्रीहरूले इस्राएलीहरू फेरि तिनीहरूको दास भएको चाहे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)