ne_gl_ne_obs-tn/content/09/13.md

2.6 KiB

मेरो मानिसहरूका कष्‍ट भोगहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मेरो मानिसहरूले अनुभव गरिरहेका धेरै खस्रो व्यवहार ।” केही भाषाहरूले यसलाई यसरी अनुवाद गर्न सक्छन्, “कसरी मिश्रीहरूले मेरा मानिसहरूलाई भयङ्‍कर पिडा दिइरहेका छन् ।”

मेरा मानिसहरू

यसले इस्राएलीहरूलाई जनाउँछ । परमेश्‍वरले अब्राहाम र उनका सन्तानहरूसँग करार बनाउनुभएको थियो कि उहाँले तिनीहरूलाई आशिष् दिनुहुने थियो र तिनीहरूलाई एउटा महान् जाति बनाउनुहुने थियो । यस करारद्वारा, इस्राएलीहरू परमेश्‍वरका आफ्नै मानिसहरू बने ।

ताकि तैँले इस्राएलीहरूलाई ल्याउन सकोस्

संयोजक शब्द “ताकि”ले परिणाम, जुन थियो-मोशाले इस्राएलीहरूलाई तिनीहरूको दासत्वबाट बाहिर निकालेको भन्‍ने कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-परमेश्‍वरले तिनीहरूको दुःख भोगलाई देख्‍नुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

ल्याउन सक्नु ... मिश्रमा तिनीहरूको दासत्वबाट बाहिर

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मिश्रमा दास भएर रहनुबाट तिनीहरूलाई छुटाएर स्वतन्‍त्र पार्न सक्नु” वा, “मिश्रमा तिनीहरूलाई बाहिर ल्याउन सक्नु जहाँ अहिले तिनीहरू दासहरू हुन् ।”